बुलिङ्गटार दुर्घटना अपडेट : ५ जनाको मृत्यु ३० जना घाइते (नाम सहित)

NAWALPUR TIMES

बुलिङ्गटार दुर्घटना अपडेट  : ५ जनाको मृत्यु ३० जना घाइते (नाम सहित)
received 2108447206022044

कावासोती : पाल्पाको रम्भा गाउँपालिकाको हुगिबाट गोरखाको मनकामना दर्शन गर्न हिडेको बस पुर्वी नवलपरासीको बुलिङ्गटार–२ मथारमा दुर्घटना हुँदा घटनास्थलमा ५ जनाको मृत्युु भएको छ भने ३० जना घाइते भएका छ्न ।

मनकामना मन्दिर दर्शन गर्न हिडेका बालबालिका सहित ३५ जना तिर्थ यात्री बोकेको ना ६ ख ७५८० नं. को बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय बुलिङ्गटारले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुको पहिचना खुलेको छ । जिल्ला प्रहरीक कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेहरुमा पाल्पा रम्भा गाउँपालिका वडा नं १ की तारा बि.क., बिनय बि.क, बिनय बि.क देवी गाहा र स्याङजा गल्याङ नगरपालिका वडा नं ९ बेलचौरकी फुलमाया माझी रहेका छन ।

त्यसै गरि दुर्घटनामा घाईते हुनेहरुमा बस चालक पाल्पा रामपुर नगरपालिका वडा नं ३ गण्डकी ढिक बस्ने दिल कु.श्रेष्ठ, बस सहचालक रामपुर नगरपालिका वडा न ४ बेझाड बस्ने साजन श्रेष्ठ,रम्भा गाउँपालिका वडा नं १का अंकित सुनार, कृष्ण केवट, प्रविण सुनार राम ब.बि.क, रिता बि.क, कासीराम बि.क, बिशाल बि.क, आइसा बि.क, अविनाश बि.क., पुष्पा बि.क., मेघनाथ बि.क., स्याङजा बेलचौर नगरपालिका ९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा बि.क, रम्भा गाउँपालिका १ की रिमा बि.क, सन्जु सुनार, प्रेम ब.सुनार, आषिश सुनार,बिजय बि.क,माया बि.क., स्याङजा गल्याङ ८ का मनोज कुमार बि.क.,सरिता माझी,उमा कुमारी बि.क., रामु राना, रम्भा गाउँपालिका १ की अस्मिता सुनार, ओम ब.बि.क सेती बि.क र शिव कुमारी बि.क.रहेका प्रहरीले जनाएको छ ।

घाईते मध्ये २ को अवस्था गम्भिर रहेको र सबै घाईतेहरुको चितवनको भरतपुरमा उपचार भईरहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology