बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

NAWALPUR TIMES

बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
mahila pakrau2020 05 14 08 05 26

नवलपुर । श्रीमानको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका-५ राईकोटबाट प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्याको अभियोगमा प्रहरीले ६५ वर्षीय श्याम कुमारी भिरकट्टालाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology