निर्वाचन जिताउनुस भ्रष्टाचार निर्मुल पार्छौ : अध्यक्ष लामिछाने

NAWALPUR TIMES

निर्वाचन जिताउनुस भ्रष्टाचार निर्मुल पार्छौ : अध्यक्ष लामिछाने
1668616180489

रासस/कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मुल समस्या रहेको भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

पुर्वी नवलपरासीको कावावासोतीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिले सम्मका भष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कार्वाहीको दायरामा ल्याउने दाबी गर्नु भएको हो

आफु र आफ्नो पार्टीले चुनाव जित्ने निश्चित भएपछि ठुला भनिएका दल आफुलाई झुटो मुद्दा र भौतिक आक्रमणमा उत्रिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको जनलहरले मतदाताले परिवर्तन खोजको महसुस भएको बताउनु भएको हो । ‘एक पटक हामीलाई विश्वास गरेर भोट दिनुस, हामी तपाईको विश्वास गुम्न दिने छैनौ ।’लामिछानेले भन्नुभयो,‘अहिलेको चुनावले तपाईको सन्तानको भविष्य कोर्नेछ । ’

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology