नवलपुर-२को टिकट कांग्रेसलाई नदिए गठबन्धनको पक्षमा नतिजा नआउने कांग्रेस नेताहरुको चेतावनी

NAWALPUR TIMES

नवलपुर-२को टिकट कांग्रेसलाई नदिए गठबन्धनको पक्षमा नतिजा नआउने कांग्रेस नेताहरुको चेतावनी
20221008 153656 scaled

कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नवलपुर क्षेत्र नं २ मा पाँच दलिय गठबन्धनको तर्फ बाट नेकपा माओवादीको भागमा परे पछि नवलपुर कांग्रेसमा चर्को असन्तुष्टि देखिएको छ ।

शनिबार कावासोतीमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति को कार्यालय बिपि स्मृति भवनमा भेला गरेर कांग्रेस नवलपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताले तत्काल निर्णय सच्याउन केन्द्रिय नेतृत्वलाई आग्रह गरेका छ्न ।

नवलपुर क्षेत्र नं २ का सभापति जगत कार्कीको अध्यक्षतामा सुरु भएको भेलामा क्षेत्र नं २ का सहसभापती सुर्य गुरुङ, प्रदेश क्षेत्रीय कार्यसमिति २ क र ख का सभापतिहरु रामचन्द्र भण्डारी र कृष्ण तिवारी, पालिका सभापतिहरु हुप्सेकोटका बलबहादुर राना, मध्यविन्दुका दोमन भण्डारी बौदिकालीका  केबि राना, विनयी त्रिवेणीका सभापति अजित थापा सहित नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको छ ।

भेलाले कांग्रेस केन्द्रिय सभापतिलाई ध्यानाकर्षण गराउदै पत्र पठाउने निर्णय गरेको छ ।

सभापति देउवालाई पठाईएको ध्यानाकर्षण पत्रमा नेपाल कांग्रेसलाई प्रतिनिधि सभा तर्फको टिकट नदिदा आउने परिस्थितिको जिम्मा आफुहरुले लिन नसक्ने जनाएका छ्न ।

ध्यानाकर्षण पत्रको पुर्ण पाठ

प्रस्तुत सन्दर्भमा मिति २०७९।०६।२१ गते साँझ बसेको गठबन्धनको बैठकले नवलपुर क्षेत्र न. २ को भागवण्डामा पारेको निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको छ । २०७४ सालको प्रतिनिधि निर्वाचनमा बाम गठबन्धनका लहर बीच पनि झिनो मतान्तर (१३३३) से कांग्रे पराजित भएको क्षेत्र अहिले नेपाली कांग्रेससँग गठबन्धन र जनाधार दुवै भएकोले यो क्षेत्र नेपाली काँग्रेसको भागमा पर्दा जित नेपाली कांग्रेसको पक्षमा पर्न सक्ने प्रक्षेपण सहित निर्णयमा पुनर्विचार गर्न अनुरोधको साथै २०४८ सालदेखि पराजय भोगेका यहाँका कार्यकर्ता यदि यस संघीय क्षेत्र नं. २ नेपाली काँग्रेसको भागमा नपरे नेपाली कांग्रेसका कार्यकर्तामा हिनताबोध तथा निरूत्साह उत्पन्न भई सोचेजस्तो नतिजा प्राप्त गर्न सक्ने परिस्थिति नहुने हुँदा सो निर्णयलाई पुनर्विचार गर्ने यो निवेदन साथ अनुरोध गर्दछौ।

क्षेत्रीय सभापति क्षेत्र नं. २ जगतबहादुर कार्की क्षेत्रीय सह-सभापति क्षेत्र नं २ सूर्यबहादुर गुरुङ

प्रदेश सभापति क्षेत्र नं २ (ख) कृष्णप्रसाद तिवारी

प्रदेश सभापति क्षेत्र नं. २ (क) रामचन्द्र भण्डारी

क्षेत्रीय सचिव क्षेत्र नं २ राजु पाण्डे क्षेत्रीय सचिव क्षेत्र नं. २ इन्द्र फाल

क्षेत्रीय कोषाध्यक्ष क्षेत्र नं. २ सृजना कडेल

क्षेत्रीय सह-सचिव टोपलाल भण्डारी

क्षेत्रीय सह-सचिव बलराम आचार्य

मध्यविन्दु नगर सभापति दोमनबहादुर भण्डारी

कावासोती नगर सभापति शालिकराम ढकाल

हुप्सेकोट गाउँपालिका सभापति बलहादुर राना

बौदीकाली गाउँपालिका सभापति खड्कबहादुर राना (के.वी.)

विनयी त्रिवेणी गाउँपालिका सभापति अजित थापा                   

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology