नवलपुर : एमालेको पालिका अधिवेशनमा उम्मेदवारले उम्मेदवारी घोषणा गर्न सकेनन

NAWALPUR TIMES

नवलपुर : एमालेको पालिका अधिवेशनमा उम्मेदवारले उम्मेदवारी घोषणा गर्न सकेनन
UML2021 10 03 06 03 41

कावासोती । नेकपा एमालेको कार्तिक ९ गते मङ्गलबार देशका ७५३ स्थानीय तहमा एकै साथ अधिवेशन हुँदैछ । देशका सबै स्थानीय तहमा एकै साथ अधिवेशन घोषणा गरे पनि पार्टीको अपानी(अन्तर पार्टी निर्देशन )को कारणले ईच्छुक उम्मेदवारले उम्मेदवारी घोषणा भने गर्न सकेका छैनन ।

८ वटा स्थानीय तह रहेको नवलपुरमा पनि पालिका अधिवेशनको सबै तयारी पूरा भएको र सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन हुने नेकपा एमाले नवलपुरका अध्यक्ष रोशन बहादुर गाहाले बताए ।

गाहाले सर्वसम्मत नेतृत्व चयन हुने बताईरहदा पालिका तहको अधिवेशनमा उम्मेदवार हुन ईच्छुक नेता तथा कार्यकर्ताले पार्टीको अन्तर पार्टी सर्कुलरको कारणले उम्मेदवार घोषणा गर्न नसकेको बताउछ्न । नाम उल्लेख नगर्ने सर्तमा पालिका तहको अध्यक्षको उम्मेदवारका आकांक्षीले भने “पार्टीको अपानी लगाएत सर्वसम्मत गर्ने दबाबले उम्मेदवारी घोषणा गर्न सकिएको छैन तर उम्मेदवारी घोषणा गरेर मतदाता सम्म पुग्न पाउनु पर्थ्यो ।”

यस विषयमा कुरा गर्दा जिल्ला अध्यक्ष गाहाले अपानी या अन्य कुनै दबाब नभएको र सर्वसम्मत हुने भएकाले उम्मेदवारी घोषणा नभएको दाबी गरे । “म जिल्ला अध्यक्ष हुँ, पार्टीले उम्मेदवारी घोषणा नगर्ने भनेर कुनै सर्कुलर गरेको छैन, ईच्छुकले घोषणा गर्न पाउनु हुन्छ तर सर्वसम्मतको प्रयास भने भएको छ,” गाहाले बताए ।

गाहाले सर्वसम्मत हुने बताईरहदा भने स्थानीय तहको नेतृत्व लिने विषयमा एमालेमा आकांक्षीहरु धेरैनै रहेको भने देखिन्छ । पार्टीको अपानी र सर्वसम्मतको दबाबले उम्मेदवारहरु खुलेर मत माग्न नसक्दा नेतृत्व नेतामुखी आउने र यस्ले पार्टीलाई हित नगर्ने देवचुलीमा अध्यक्षका आकांक्षी रहेका एक आकांक्षीले नाम उल्लेख नगर्ने सर्तमा बताए । “हामीलाई नाम उल्लेख गरेर सूचना समाचार दिन, उम्मेदवारी घोषणा गर्न गार्हो भएको छ, तर यस्ले पार्टीको हितमा काम गर्दैन” उनले भने ।

देशकै ठूलो पार्टी रहेको र आगामी निर्वाचनमा समेत ठूलो पार्टी हुने दाबी गरेको एमालेमा सर्वसम्मत र अपानीको नाममा उम्मेदवारी घोषणा नहुनु र प्रतिस्पर्धा नहुनु एमालेको लागि हितकर नहुने एमालेकै कार्यकर्ताहरुले बताउने गरेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology