नवलपुर एक ले प्रधानमन्त्री पाउदैछ : कोईराला

NAWALPUR TIMES

नवलपुर एक ले प्रधानमन्त्री पाउदैछ : कोईराला
1665308863303

कावासोती । नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार डा शशांक कोईरालाले आगामी निर्वाचन पछि नवलपुरले प्रधानमन्त्री पाउने बताउनु भएको छ ।

बिहिबार नवलपुरको देवचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्द कोईरालाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफु रहेको बताउनु भएको हो । नवलपुर एकमा चौथो पटक निर्वाचन लडनु भएका कोईरालाले आगामी निर्वाचन पछि नवलपुर जिल्लानै देशकै समृद्ध जिल्ला हुने दाबी गदै गठबन्धनका उम्मेदवारको जित निश्चित भएको दाबी गर्नु भयो ।

चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले नवलपुरको विकासको महत्त्वपूर्ण कडि रहेको गैंडाकोट देखि त्रिवेणी सम्मको नारायणी कोरिडोर सडक निर्माण बिस्तार नहुदा सम्म जिल्लाको आर्थिक भौतिक विकास नहुने बताउदै यो सडक आगामी दुई वर्ष भित्र बनाउने बताउनु भएको छ ।

गैंडाकोट देखि देखि त्रिवेणी जोडने सडक उच्च प्राथमिकतामा रहेको र यो सडक निर्माणका हुन साथ नवलपुरको छुट्टै अस्तित्व र महत्त्व हुने कोइराला बताउनु हुन्छ । “नारायणीको तटबन्ध सँगै त्रिवेणी सम्म तटबन्ध र सडक बन्छ, यो मेरो बाचा हो”, कोइरालाले भन्नुभयो । नारायणी करिडोर सँगसँगै त्रिवेणी भन्सारलाई मुख्य भन्सार बनाएर जिल्लालाई आर्थिक केन्द्रको रुपमा अगाडि बढाउने गरेर आफू अगाडि बढेको कोइराला बताउनु हुन्छ ।

सांसद भए पछि जिल्लामा सबै भन्दा धेरै जनताको समस्या बोकेर सिंहदरबार र बालुवाटार जाने जनप्रतिनिधि आफू भएको दाबी गर्दै कोईरालाले २०६४ देखि अहिलेसम्म कांग्रेस अनुकुल सरकार नबन्दा ठुला योजनाले पुर्णता नपाएको बताउनु भयो । “यसपटक गठबन्धन बनेको छ, निर्वाचन पछाडी कांग्रेस नेतृत्वमानै सरकार बन्छ, संविधान बन्यो, कार्यान्वयन भयो अब विकासको कार्यकाल सुरुहुन्छ जनताले प्रत्यक्ष अनुभव गर्ने ठुला योजना अब सुरु हुन्छ”, कोइराला भन्नुहुन्छ ।

जिल्लाको पहाडी क्षेत्रको विकासको महत्त्वपूर्ण कडिको रुपमा रहेको कालीगण्डकी करिडोर कांग्रेस नेता सुर्यभक्त अधिकारीले २०४८ को निर्वाचन जिते पछि उहाँकै पहलमा सुरु भएको र अब केही प्रतिशत मात्रै बाकी रहेको र त्यो पनि छिट्टै पुरा हुने कोइरालाले बताउनु भयो । “चालू आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा ठुला योजनाहरु ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय बिपि खेल ग्राम समेटिएको छ, चुनाव लगत्तै काम हुन्छ”, कोइरालाले भन्नु भयो ।

बिपिको छोरा भनेर जति आसा गरियो त्यति मैले गर्न सके सकिन थाह भएन तर शशांकलाई काम गर्न नदिन पाए हामी सधै विरोध गर्न पाउछौ भन्नेहरुले विकासको पनि विरोध गरे तर अब त्यो हुदैन, अबको समय भनेको विकास हो , कोइरालाले भन्नुभयो । “संविधान बन्यो कार्यान्वयन पनि भयो, अबको समय भनेकै विकास र समृद्धि हो” ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology