नवलपुरको पहाडी क्षेत्रलाई कृषिपर्यटनको उत्कृष्ट गन्तव्य बनाईने छ : नेता कोइराला

NAWALPUR TIMES

नवलपुरको पहाडी क्षेत्रलाई कृषिपर्यटनको उत्कृष्ट  गन्तव्य बनाईने छ : नेता कोइराला
IMG 20221106 WA0009

राजु चापागाईं/बुलिङ्गटार
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार डा. शशांक कोइरालाले नवलपुरको पहाडी क्षेत्रलाई कृषि पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गरिने बताएका छ्न ।

आईतबार नवलपुरको बुलिङ्गटार-४मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले कृषि र पर्यटनको अथाहा सम्भावना बोकेको नवलपुरको पहाडी क्षेत्रलाई कृषि पर्यटनको देशकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गरिने बताए । “सुन्तला, अदुवा जस्ता नगदेबालीको उर्बर भुमीरहेको नवलपुरको पहाडी क्षेत्र पर्यटकीय हिसाबले पनि सम्भावनाले भरिएको छ, अबको निर्वाचन पछिको पहिलो काम भनेकै कृषिमा आधुनिकिकरणको योजना सहित यो क्षेत्रको विकास गर्ने मेरो पहिलो प्राथमिकता हो”, कोइरालाले भने , “देवचुली वरचुली पहाड सहित कालीगण्डकी तटलाई पर्यटकिय पुर्वाधार सम्पन्न क्षेत्र बनाएर कृषि र पर्यटनको साझा गन्तव्यको रुपमा विकास गर्छौ ।”

चुनावी सभामा कोईरालाले जिल्लाको पहाडी क्षेत्र जोडने सबै बाटोहरु आगामी आर्थिक वर्ष भित्र कालोपत्रे गरि सक्ने र काली गण्डकी करिडोरको अपुरो खण्डलाई तत्काल पूरा गर्ने तर्फ आफू लागेको बताए ।

पहाडी क्षेत्रका विद्यालय, स्वास्थ्य चौकी लगाएतका सार्वजनिक भवनहरुको स्तरोन्नति गर्ने काम धेरै सकिएको र बाकी रहेका केहीको यसै आ.व भित्र सम्पन्न गर्ने बताएका कोइरालाले बुलिङ्गटारमा ईलाका प्रशासनको स्थापनाको काम अन्तिम चरणमा पुगेको बताए । “अत्रौलीटारमा स्थापना गर्ने भनिएको ईलाका प्रशासन कार्यालय यसै वर्ष भित्र सन्चालनमा आउँछ” कोइरालाले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology