देवचुलीमा ५१ हजार नगद सहित तास खेलिरहेका ६ जना पक्राउ

NAWALPUR TIMES

देवचुलीमा ५१ हजार नगद सहित तास खेलिरहेका ६ जना पक्राउ
juwa pakrau

नवलपुर । नवलपुरमा नवलपुर प्रहरीले जुवा खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा गएका टोलीले देवचुली नगरपालिका ३ घुमाउने भिर भन्ने स्थानमा सूर्यबहादुर फाल मगरको घरमा तास खेलिरहेका ६ जनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ३ बुक तास र ५१ हजार ८ सय ५५ रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा देवचुली ३ निवासी सुर्य ब.फाल मगर, चन्द्र बहादुर थापा, श्याम बहादुर थापा, बम बहादुर राना, जस बहादुर फाल मगर र उदय खनाल रहेका छन् ।

 

उनीहरुलाई आवश्यक कारवाहीको लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology