गाडीले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते

NAWALPUR TIMES

गाडीले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते
accident

नवलपुर, चैत १३ । चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको छ ।

विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४ ख ३४६७ नम्वरको बसले काँग्रेस चोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट पैदल यात्री नवलपुर जिल्ला बुलिङ्टार गाउँपालिका वडानम्वर ३ बस्ने निरज बस्ताकोटी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाइ नयाँ मेडिकल कलेजमा उपचार जारी रहेको र ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology