गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने

NAWALPUR TIMES

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने
prithbi subba gurung bdfpdKKFVC AcY54sL3Ng

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (३) अनुसार उनी ठूलो दलको हैसियतका आधारमा गत वैसाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

सोही नियुक्तिका आधारमा उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

आज दिउँसो १२ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ । कार्यसूची मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र रहेको सचिवालय सचिव हरिराज पोखरेलले जानकारी दिए ।

अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।

विश्वासको मत नपाए उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नेछिन् ।

बजेट ल्याउने समय आइसक्दासमेत गण्डकीमा राजनीतिक किचलोका कारण नीति तथा कार्यक्रमसमेत आउन सकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology