गठबन्धनको पक्षमा जनलहर बढदै गएको कार्कीको दाबी

NAWALPUR TIMES

गठबन्धनको पक्षमा जनलहर बढदै गएको कार्कीको दाबी
20221113 213802 scaled

कावासोती । लोकतान्त्रिक वाम गठबन्धनबाट नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णुकुमार कार्कीले गठबन्धन का पक्षमा जनलहर बढदै गएको दाबी गरेका छन् ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको खुमबारी , देउराली , सर्दि बजार , अनिकरम , चिडिया , पिडरी , सुनई , ढयाहा , चिसापानी , सुनटाडी , दुम्किबास बजार लगाएतका स्थानमा आयोजना गरिएको चुनावी सभालाई सम्वाेधन गदै कार्कीले आम मतदातामा गठबन्धनको आकर्षण बढदै गएकाले आफुहरुको पक्षमा जनलहर बढेको बताएका हुन ।

‘हामीले यो क्षेत्रमा विकास अभियानलाई गति दिएका छाै । काग्रेसका विकास प्रतिकाे लगाव देखेर जनतामा कांग्रेस सहित गठबन्धनको आकर्षण छ बढदो छ’, उनले भने, ‘चुनाव जितेर विकास र समृद्धिको अभियानलाई जनचाहना अनुरुपनै अगाडि बढाउछाै । ‘

विपक्षी उम्मेदवारहरु सँग चुनावी एजेन्डानै नभएकाले अनावश्यक गलत प्रचार गरिरहेकाे बताउदै कार्कीले मतदातालाई गलत प्रचारमा नभुल्न मतदातालाई अपिल गरेका छ्न । ‘कुन पार्टिले काम गर्छ भन्ने बारे मतदाता जानकार छन्’, उनले भने ।

कार्कीले सुकुम्वासी समस्या समाधान, नारायणी नदि तटबन्ध, गण्डकी प्रदेश काे लाईफ लाईनको रुपमा त्रिवेणी-दुम्बिकास सडक योजना सम्पन्न गर्न समेत गठबन्धनका उम्मेदवारहरुले जित्नै पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेकपा एकृकित समाजबादि नेता एवं गठबन्धनको तर्फबाट नवलपुर २(ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. गोपाल खनालले विनयी त्रिवेणीमा एक प्राविधिक विद्यालय स्थापना गरेर प्राविधिक शिक्षालाई अगाडि बढाउने बताएका छ्न ।डा. खनालले निर्वाचन पछि प्रमुख समस्याको रुपमा रहेको सर्प दंश बिरामीको उपचारका लागी अस्पताल र प्रसुति गृहसहित १५ सैया अस्पताल स्थापना गर्ने बताए ।

डा. गोपाल खनालले आफूहरुले प्रतिबद्धता गरे पछि पूरा गरेर छोडने बताउदै भने ‘जे बोल्छौ त्यही गर्छौ, बोलेका कुरा पूरा गर्छौ’ ।विगतका प्रतिबद्धता जनाएर गफ नगर्ने प्रवृत्तिले जनता आजित भैसकेकाले गठबन्धनको जित सुनिश्चित रहेको खनालले दाबी गरेका हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology