खेतमा गाडिएको अवस्थामा शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग

NAWALPUR TIMES

खेतमा गाडिएको अवस्थामा शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग
mahottari dqSMuegLuf iigIsSyUU3

गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो।

घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको पाइएको छ। शव पूरै गलेको छ। त्यसलाई गलाउन नुनसमेत राखिएको भेटिएको छ। माइती पक्षले बेपत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ। सुजिताका पति भने सुस्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन्।
सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो। तकिया मुखमा कोचेर मार्न खोजेको थियो। उनी त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन्। तर, सधैँ एकनाश हुँदैन। आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे।’ गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै–झगडा गर्दैछ। तपाईंहरू आउनुस्, लिएर जानुस्।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन, सबै कुरा मिलिसक्यो।’

त्यही दिनदेखि सुजिता बेपत्ता पारिइन्। सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो। ‘तपाईंको छोरी÷बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फोडेर हे¥यौं। त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए’, उनले भने, ‘यसले झन् शंका बढायो। तर, हामीसँग खोज्नेबाहेक अन्य कुनै विकल्प पनि थिएन।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology