कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ५ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

NAWALPUR TIMES

कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ५ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक
received 402035130687189 1

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ५ लाख नाघेको छ। बिहिबार  बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ५ लाख ३२ हजार ८ सय ५  जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५१ लाख ९३ हजार २ सय ६६ पुगेको छ। त्यस्तै  ब्राजिलमा ३१ लाख ६४ हजार ७ सय ८५, भारतमा २३ लाख २९ हजार ६ सय ३८  र रुसमा ९ लाख ७ हजार ४५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ४७ हजार नाघेको छ।

पछिल्लो तथ्यांक अनुसार ७ लाख ४७ हजार ८ सय ४५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ६५ हजार ९ सय ३४, ब्राजिलमा १ लाख ४ हजार २ सय १, बेलायतमा ४६ हजार ७ सय ९१ , मेक्सीकोमा  ५३ हजार ६ सय ६६ , इटालीमा ३५ हजार २ सय २५जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड २७ लाख ४६ हजार २ सय ७५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बिहिबार  बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २५ लाख ६ हजार २ सय २८  , अमेरिकामा १७ लाख ५३ हजार ७ सय ६०, रुसमा ७ लाख ८ हजार ९ सय  जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २४ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् भने ९३ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या  २३ लाख २९ हजार ६ सय ३८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४६ हजार ९१  पुगेको छ। भारतमा हालसम्म १६ लाख ३९ हजार ५ सय ९९ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ८५ हजार ९ सय २१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय २९  जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६३ हजार १ सय ९३  जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ८१ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय ३८ रहेको छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ४ सय ९८ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ५ सय १३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  १ लाख ५३ हजार ८९ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ३ सय ४५ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ५४ जनाको मृत्यु भइसकेको छ भने २६ हजार ६ सय ९४ उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ११३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९७ छ।

माल्दिभ्समा संक्रमितको संख्या ५ हजार ३ सय ६६ रहेको छ। मृत्यु हुनेको संख्या २१ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology