कुखुराको खोरमा जुवातास खेलिरहेका ४ जना पक्राउ

NAWALPUR TIMES

कुखुराको खोरमा जुवातास खेलिरहेका ४ जना पक्राउ
collage juwa arrest 1

जिल्ला प्रहरी कार्यालय नवलपुरले नगद सोह्र हजार छ सय पाँच रुपैया सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । शनिवार दिउसो कावासोती न.पा.–५ बस्ने पुर्ण बहादुर रावलको कुखुराको खोरमा जुवातास खेलिरहेको बेला एक बुक तास सहित कावासोती न.पा.–५ बस्ने वर्ष ६० को पुर्ण बहादुर रावल, वर्ष ४० को मित्र प्रसाद भुषाल, वर्ष ३६ को अर्जुन खड्का, वर्ष ४२ को मोहन अधिकारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology