कावासोतीमा सरसफाइ संगै चरा अवलोकन कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

कावासोतीमा सरसफाइ संगै चरा अवलोकन कार्यक्रम सम्पन्न
IMG 20220607 180457

नवलपुर । विश्व वातावरण दिवसको अवसरमा कावासोतीमा चरा अवलोकन संगै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
जटायु रेष्टुरेन्ट व्यवस्थापन सिमिति कावासोती , सिवियपियू लामिचौर , नवलपुर नेचर गाइड , विसीएनको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

जंगलमा फोहरका कारणले वन्यजन्तुमा हुन सक्ने असर तथा वातावरणलाई संरक्षण गर्ने मनसायले संरक्षणक्रमी तथा संरक्षणमा सरोकार राख्ने निकायको सक्रियतामा चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको लामिचौर मध्यवर्ती उपभोक्त समितिको नमुना सामुदायिक वन र शान्तिकुञ्ज सामुदायिक वनमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । सरसफाइका क्रममा पानिको बोतल , प्लास्टिकका खोल तथा अन्य फोहर संकलन गरेर लामिचौर मध्यवर्तीको कार्यक्रममा व्यवस्थापनका लागि जिम्मा लगाइएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले जानकारी दिनु भयो । यस्तै अबको योजना विशेष फोहर व्यवस्थापन र वातावरण संरक्षणमा रहने बताउनुभयो । वातावरण संरक्षण संगै हरेक संस्था तथा घरहरुमा ३ प्रकारको डस्विन राख्न समेत आग्रह रहेको थियो । एउटामा कुहिने फोहर , अर्कोमा नकुहिने र अर्कोमा सिसाजन्य पदार्थ छुटाछुटै राख्दा घर र कार्यलयको फोहर व्यवस्थापन हुनेमा पुर्ण विश्वत रहेको बताउनुभयो ।

यस्तै कुनै स्थान या कतै यात्रा गर्दा आफु संगको फोर आफ्फैले व्यवस्थापन गर्नु पर्ने हुन्छ ।
वातावरण दिवसको अवसरमा गरिएको सरसफाइ कार्यक्रम फलदायी रहेको सहभागीले बताएका छन् । संगै सोही अवसरमा भएको चरा अवलोकनमा ६२ प्रकारका चरा अवलोकन भएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology