कांग्रेस नेता नविन्द्रराज जोशीको स्मृतिमा नेविसंघ कुमारवर्तीद्वारा दिप प्रज्वलन

NAWALPUR TIMES

कांग्रेस नेता नविन्द्रराज जोशीको स्मृतिमा नेविसंघ कुमारवर्तीद्वारा दिप प्रज्वलन
IMG 20220327 205612

कावासोती । नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री नविन्द्रराज जोशीको प्रथम स्मृति दिवसको अवसरमा नेविसंघ कुमारवर्ती बहुमुखी क्याम्पस ईकाई समितिले आइतबार क्याम्पस गेटमा दिप प्रज्वलन गरेको छ ।

नेविसंघ कुमारवर्ती ईकाई अध्यक्ष सुदिप चापागाईंको अध्यक्षता एवं नेपाली कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेविसंघ कावासोतीका सभापति कृष्ण कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारी तथा प्रमुख अतिथि समेत रहेका कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलले स्वर्गीय नेता जोशीले नेपाली राजनीतिमा पुर्‍याएका योगदानहरुको चर्चा गरेका थिए ।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि झपेन्द्र स्वर भुसाल, महासमिति सदस्य विष्णुदेवी पाण्डे , कांग्रेस गण्डकी प्रदेश समिति सदस्य सुरज गुरुङ सहितका नेता तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology