कांग्रेस नवलपुरको कोषाध्यक्षमा राजकुमार महतो चयन

NAWALPUR TIMES

कांग्रेस नवलपुरको कोषाध्यक्षमा राजकुमार महतो चयन
raj kumar

कावासोती । नेपाली कांग्रेस नवलपुरको कोषाध्यक्षमा राजकुमार महतो सर्वसम्मत रुपमा चयन भएका छन ।

नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीको अध्यक्षतामा सोमबार बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले कोषाध्यक्षमा मनोनित गरेको कांग्रेस नवलपुरका सचिव महेन्द्र पोख्रेलले जानकारी दिए ।

नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित जिल्ला कार्यसमिति सदस्यहरु मध्ये बाट सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्षको चयन गर्ने व्यवस्था रहेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology