एमाले नवलपुरमा महाधिवेशन प्रतिनिधी चयन प्रक्रिया अवैध भएको युवा नेताहरुको आरोप

NAWALPUR TIMES

एमाले नवलपुरमा महाधिवेशन प्रतिनिधी चयन प्रक्रिया अवैध भएको युवा नेताहरुको आरोप
1636821622509

नवलपुर । नेकपा एमाले नवलपुरका युवा नेताहरुहरुले महाधिवेशन प्रतिनिधि छनौट कार्य अवैध भएको बताएका छन् । एमाले नवलपुरका युवा नेताहरु विद्रोही गिरी, मदन गिरी, भुपेन्द्र खनाल र हुमबहादुर गुरुङले निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर महाधिवेशन प्रतिनिधि छनौट अवैधानिक भन्दै आपत्ती प्रकट गरेका छन ।

उनिहरुको पत्रमामा आफुहरुले महाधिवेशन प्रतिनिधीमा दिएको उम्मेदवारी  फिर्ता भएको भनिएको तर आफुहरुले उम्मेदवारी फिर्ता नलिएको,  जिल्लाको भौगोलिक समावेशीकरण अनुसार प्रतिनिधि छनौट नभएको, निर्वाचन तालिका अनुसारको काम नभएको र विधान अनुसार पार्टि सदस्यता प्राप्त गरेको पुरुषको हकमा १० र महिलाको हकमा ७ वर्ष पुरा नभएको लगायतका विषयहरु नपुराई समेटिएको छ ।

निवार्चन समितीलाई लेखिएको पत्रमा नेकपा एमाले जिल्ला कमिटी नवलपुर, नेकपा एमाले गण्डकी प्रदेश कमिटी र नेकपा एमाले १० औं महाधिवेशन व्यवस्थापन समितीलाई बोधार्थ समेत गराईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology