बन्द गराउँदै हिडेका ६ जना चोरमाराबाट पक्राउ, बजार शैक्षिक संस्था बन्द

NAWALPUR TIMES

बन्द गराउँदै हिडेका ६ जना चोरमाराबाट पक्राउ, बजार शैक्षिक संस्था बन्द
255607962 7186062508086661 8703126958446784625 n

कावासोती । विपल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ ।
बन्दको प्रभावका कारण जिल्लाका शैक्षिक संस्था,बजार र सार्वजनिक सवारी साधन खुलेका छैनन । बन्द सफल बनाउन चोक चोकमा नेकपाका कार्यकर्ताहरुले चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन ।

बन्द गराउदै हिडेका ६ जनालाई प्रहरीले चोरमाराबाट प्रकाउ गरेको छ । विर ब.थापा, धन ब.कुमाल, नरेन्द्रमान मुखिया, मंगलसिंह कुमाल, दिपक बि.क. र दिपक कुमाललाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।


जिल्लाका मुख्य बजारहरु गैडाकोट, दलदले, कावासोती, चोरमारा, अरुणखोला र दुम्किबास लगाएतका स्थानमा बजार र पसलहरु, शैक्षिक संस्थाहरु खुलेका छैनन भने लामो छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन ।

बन्दलाई मध्य नजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र अहिले सम्म कुनै अपिया घटना नभएको प्रहरीले जनाएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology