नवलपुरमा एमालेले टुङ्गो लगायो उम्मेदवारको नाम

NAWALPUR TIMES

नवलपुरमा एमालेले टुङ्गो लगायो उम्मेदवारको नाम
uml cnN94Nmg78 3

कावासोती । नवलपुरमा नेकपा एमालेले आफ्ना उम्मेदवार तय गरेको छ । कांग्रेस–माओवादी लगायतको गठबन्धनले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेकपा एमालेले प्रतिनिधिसभा १ मा कृष्ण पौडेललाई उम्मेदवार तय गरेको छ । सोको प्रदेशसभा ‘क’ मा रविन्द्र अधिकारी ‘ख’मा रोशन बहादुर गाहाको नाम तय भएको छ ।

त्यस्तै एमालेले प्रतिनिधिसभा २ मा तिलप्रसाद महत ‘तिलक’लाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रको प्रदेशतर्फ ‘क’मा पदमा जिसी श्रेष्ठ र ‘ख’मा लक्ष्मण पाण्डेको नाम तय भएको नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्ति पाण्डेले बताए । ‘रातारात फेरबदल नभएको खण्डमा आइतबार उम्मेदवारी दिने यिनै हुन्’ उनले भने, ‘हामी आफ्ना उम्मेदवारलाई जिताउनका लागि एक भएर चुनावी माहोलमा लागिपरेका छौँ ।’

कांग्रेस, माओवादी सहितको गठबन्धन भने अहिले पनि छलफलमा नै व्यस्त छ । नवलपुर १ का कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाको टिकट सुनिश्चित भए पनि प्रतिनिधिसभा २ मा अहिलेसम्म उम्मेदवार चयन हुन सकेको छैन । विष्णु कार्की र उद्योगपति विनोद चौधरीको नाम चर्चामा आएपनि गठबन्धनबाट प्रतिनिधिसभा २ एकीकृत माओवादीको भागमा परेपछि अहिले जिल्लाको राजनीति तातिएको छ । शनिबार जिल्लाका नेता कार्यकर्ताले पार्टी कार्यालयमा क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार उठाउनुपर्ने भन्दै दवाबमूलक कार्यक्रम गरेका थिए । प्रदेशसभातर्फ पनि एकीकृत माओवादी र समाजवादीलाई एक एक सिट बाँडफाँट भएपनि उम्मेदवार तय भएको छैन ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology