नवलपुरका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना

NAWALPUR TIMES

नवलपुरका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना
received 394143519548611

कावासोति: चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको सुरक्षाका लागि नवलपुरका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कावासोती , डण्डा बसपार्क, गैंडाकोट र दुम्किबास लगायत क्षेत्रमा ट्राफिक, जनपद प्रहरी र नागरिकको सहकार्यमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो।

यात्रुहरूलाई सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ। बिहान ६ बजेदेखि राति १० बजेसम्म निरन्तर यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिने प्रहरी उपरीक्षक भुवनेस्वर तिवारिले बताए। यात्रुहरू पुग्ने स्थान, सवारी साधनको अवस्था, भाडादर, समस्यामा परेकालाई सहयोग गरी गन्तव्यसम्म पुर्याउन यसले सहयोग गर्ने प्रहरी उपरीक्षक तिवारीले बताए।

चाडबाडमा सवारीसाधन र यात्रुको भिड हुने हुँदा दुवै पक्षको व्यवस्थापन गरिने प्रहरीले बताएको छ।तेस्तै यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरले नागरिक सहायता कक्ष प्रभावकारी र जनताले अनुभूति हुने गरी सञ्चालन हुनुपर्ने, राजमार्गदेखि ग्रामीण सडकमा पुगी यात्रुका समस्या खोजी सम्बोधन गर्ने गरी काम गर्न जिल्ला प्रहरी तथा ट्राफिक प्रहरीलाई निर्देशन दिएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology