गठबन्धन राष्ट्रिय आवश्यकता हो : नेता कोइराला

NAWALPUR TIMES

गठबन्धन राष्ट्रिय आवश्यकता हो : नेता कोइराला
received 422270333130912

कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन ।

शुक्रबार नेपाली कांग्रेस पुर्वी नवलपरासीले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियानको समापन तथा बिपि जयन्ती कार्यक्रममा सहभागी हुन आएका कोइरालाले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने “नेपाली कांग्रेस एक्लै चुनावमा जादा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।” कार्यक्रममा बोल्दै कोइरालाले आफू पनि गठबन्धन गर्न हुदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानू परेको बताएका हुन ।

फरक प्रसंगमा बोल्दै कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा बिपिले स्थापना गर्नु भएको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढदै गएको बताए । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिडाउन समेत कोइरालाले अपिल गरेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology