कावासोती । चितवनमा घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमण बाट आमा छोराको मृत्यु भएको छ ।
शनिबार राती चितवनको भरतपुर महानगरपालिका वडा नं २३ बेलहट्टा बस्ने २१ वर्षीय आमा आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेलाई घरमा सुति रहेको अवस्थामा हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट आमा छोराको घटना स्थलमै मृत्यु भएको भरतपुर -२३ का वडा अध्यक्ष दिपक दवाडीले जानकारी दिए ।
पटक पटक हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जलाई आग्रह गर्दा समेत हात्ती नियन्त्रणको काम नगरेको भन्दै स्थानीय बासी वडा अध्यक्ष दवाडीको नेतृत्वमा मृतक दुवै जनाको शव सहित निकुञ्जको मुख्यालय अगाडिको राप्ती पुलमा धर्ना बसेका छ्न ।
आक्रमण गर्ने हात्ती ध्रुर्वे भएको आंशका गरिएको छैन । हात्ती जंगली भए पनि ध्रुर्वे हात्ती हो भन्ने पुष्टि भएको छैन । हात्तीको अवस्थाको बारेमा जानकारी लिन खोज्दा निकुञ्जका अधिकारीहरु सँग सम्पर्क हुन सकेन ।
Facebook Comment