अनिवार्य रुपमा निशुल्क छात्रवृत्ति आरक्षणको व्यवस्था गर्न कावासोती नगरपालिकाको संस्थागत विद्यालयलाई निर्देशन

NAWALPUR TIMES

अनिवार्य रुपमा निशुल्क छात्रवृत्ति आरक्षणको व्यवस्था गर्न कावासोती नगरपालिकाको संस्थागत विद्यालयलाई निर्देशन
1630510743208 1024x576 1 1 1 1

कावासोती । कावासोती नगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयलाई अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ मा व्यवस्था गरिए अनुसार निशुल्क शिक्षाका लागि अनिवार्य रुपमा आरक्षणको व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।

नगरशिक्षा समितिको गत चैत २८ गते बसेको बैठकको निर्णय अनुसार विद्यायहरुलाई दिइएको निर्देशन ५ सय जना सम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, पाँच सय देखि आठ सय सम्म विद्यार्थी भएकाले १२ प्रतिशत र ८०० भन्दा धेरै विद्यार्थी हुने विद्यालयले १५ प्रतिशत निशुल्क शिक्षाका लागि आरक्षणको व्यवस्था गर्नु पर्ने बताईएको छ ।

निशुल्क शिक्षाको आरक्षणका लागि गरिबी को रेखा मुनि रहेका दलित जनजाति महिला अपांगता लगाएतका अन्य विद्यार्थीहरु हुनु पर्ने छ भने अघिल्लो शैक्षिकसत्र को आधारमा निशुल्क अध्ययनको कोटा निर्धारण गरेर छात्रवृत्तिमा अध्ययन गर्न ईच्छुक विद्यार्थीबाट निवदेन माग गरेर विद्यालय व्यवस्थापन समितिको बैठकले छात्रवृत्ति पाउने विद्यार्थी छनौट गरेर नाम सार्वजनिक गर्नु पर्ने गरेर नगरपालिकाले संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताए ।

पाण्डेका अनुसार शैक्षिकसत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले बहुसंख्यक अभिभावक को भेला बाट शुल्क समर्थन निर्णय गराएर वैशाख १५ भित्र शिक्षा शाखामा बुझाउन पर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology