युनाइटेड गोल्डकप : युनाइटेड युवा क्लब(ठकुरी ब्वाईज) दोस्रो चरणमा

NAWALPUR TIMES

युनाइटेड गोल्डकप : युनाइटेड युवा क्लब(ठकुरी ब्वाईज) दोस्रो चरणमा

कावासोती । गज युवा युवा क्लब भरतपुरलाई ५-१ गोल अन्तरले हराउँदै युनाइटेड क्लब (ठकुरी ब्वाईज) हुप्सेकोटमा जारी ३९ औं युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

आईतबार हुप्सेकोट सरस्वती माविको खेल मैदानमा सम्पन्न खेलमा युनाइटेड युवा क्लब (ठकुरी ब्वाईज)ले गज युवा क्लब भरतपुरलाई ६-१ ले हराएको हो । युनाइटेड क्ल्ब (ठकुरी ब्वाईज)का लागि समीप ढकालले खेलको पहिलो हाफको सातौ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । युनाईटेड क्लबका समीप पोख्रेल र अनिल राना मगरले समान २/२ गोल गरे भने गणेश हमाल र अनिल बुढा मगरले थप १/१ गोल गरेका हुन । गज युवा क्ल्ब भरतपुरका लागि सुमन गुरुङले खेलको ४९ औं मिनेटमा १ गोल फर्काएका थिए ।

भोलिको खेल वसन्त आदर्श युवा क्लब र देवदह ब्वाईज बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २० हजार रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्तालाई समेत नगद ८ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology