नारायण शर्मा, कावासोती । कावासोतीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि पूर्वमा रहेको ३ कठठा जग्गामा निर्माणहुने भवनको जिल्ला ट्राफिक प्रहरी निरिक्षक अच्युतराज आचार्यले बुधवार साँझ शिलान्यास गरेका छन ।
प्रदेश सरकारको ३ करोड २ लाख लगानीवाट निर्माण शुरु गरिएको भवन आगामि १६ महिना भित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए । प्रहरीको नाममा रहेको जग्गामा दुइ तल्ले पक्कि भवन निर्माण हुने छ । गत १७ वर्षदेखि निजि घर भाडामा लिएर संचालन हुदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अब १६ महिनापछि आफनै भवनवाट सेवा सुचारु गर्ने भएको छ । हाल भाडाको भवनमा कार्यालय संचालनमा छ । आवास सहितको यो भवन जिल्ला प्रहरी कार्यालय सँगै सटेको जग्गामा निर्माण सुरु गरिएको हो ।
यसैको अगाडी २२ कठठा जग्गामा नेपाल प्रहरीले पेट्रोलपम्प निर्माणको काम शुरु गरेको छ । आगामि १८ महिनामा निर्माण भैसक्ने यो पम्प नेपालकै नमूना हुने प्रहरीको दावी छ । हालको जिल्ला प्रहरी कार्यालय नमूना जिल्ला सदरमुकाममा सार्ने योजना रहेको छ । अहिले संचालन हुदै आएको जिल्ला प्रहरी कार्यालयको भवनमा ईलाका प्रहरी कार्यालय रहने छ ।
प्रकाशित : २०८१ भदौ १९ गते २०:४४
Facebook Comment