बगुबनमा बाख्रा र भैंसी मारेर बाघ मकैबारीमा पस्यो, स्थानिय त्रसित

NAWALPUR TIMES

बगुबनमा बाख्रा र भैंसी मारेर बाघ मकैबारीमा पस्यो, स्थानिय त्रसित
1723779927637

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नं १ मा रहेको बगुबनको बस्तीमा बिहानै बाघ पसेको छ । बस्तीमा पसेको बाघले आक्रमण गर्दा गोठमा बाधेर राखेका भैंसी र बाख्रा मरेका छ्न ।

मदरबाबा सामुदायिक वनबाट निस्किएको बाघको आक्रमणबाट लालमती खंगा मगरको गोठमा रहेका दुईवटा बाख्रा र खेमबहादुर खंगा मगरको भैसी मरेका हुन ।

बाख्रा र बाघलाई मारेको बाघ अहिले नजिकैको मकै बारीमा पसेर लुकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको र बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्ज सँग समन्वय भैरहेको प्रहरीले जनाएको छ ।

बाघ मकै बारीमा पसे पछि स्थानिय त्रसित भएका छ्न ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology