आफ्नै घर बाट हराएका हसौराका बालक खोलामा मृत फेला

NAWALPUR TIMES

आफ्नै घर बाट हराएका हसौराका बालक खोलामा मृत फेला
454007101111

कावासोती । कावासोती नगरपालिका-४ हसौरा वाट बेपत्ता भएका दुई वर्षे बालक खोलामा मृत फेला परेका छन ।

स्थानीय रामजी ढुङ्गानाको छोरा ३० महिने सुवास ढुङ्गाना मङ्गलवार बिहान आफ्नै घर आँगनमा साइकलमा खेली रहेको अवस्थामा हराएका थिए । बेपत्ता भएका बालकलाई घर छेउमा रहेको खेतमा पानी लगाउने पक्की सिँचाइ कुलोले बगाएको अनुमान सहित खोजा गर्दा आज कावासोती नगरपालिका-४ तिलाहा स्थित हसौरा खोला किनारमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार हसौरा सिँचाइ कुलोले बगाएको बालकलाई घर देखि दुई कि.मि.को दुरीमा रहेको खोलाको किनारमा शव भेटेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology