कावासोती । पुर्व पश्चिम राजमार्गको मध्यविन्दु-७ मा गए राती ट्रक दुर्घटना हुँदा ३ जना घाईते भएका छ्न ।
रुपन्देहीबाट कागज लोड भएर काठमाडौ जाँदै गरेको पश्चिमबाट पूर्व तर्फ जादैँ गरेको बा.प्र.०३-००१ ख १४२० नं ट्रक चालकले नियन्त्रण गुमाई सडक देखी अन्दाजी १० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ट्रक चालक धादिङ्गका अमृत ढुङ्गाना, चालककी श्रीमति कल्पना ढुङ्गाना र सहचालक बसन्त ढुङ्गाना घाइते भएका हुन । चालक र सहचालकको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार पछि डिस्चार्ज भएको र कल्पना ढुंगानालाई काठमाडौ स्थित ट्रमा सेन्टर पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ साउन ३ गते ८:४३
Facebook Comment