गण्डक ब्यारेजमा दुईवटा शव फेला

NAWALPUR TIMES

गण्डक ब्यारेजमा दुईवटा शव फेला
60de6ce8686f2 dead.jpg1600837666

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ७ स्थित नारायणी नदिमा रहेको गण्डक ब्यारेजमा दुईवटा शव फेला परेको छ ।

शव स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका र प्रहरीको टोलि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । शव सिमलताल दुर्घटनामा बेपत्ता भएकाको हुनसक्ने अनुमान गरिएको उनले बताए । अहिले सो ठाउँमा प्रहरीटोली पुगिसकेको छ ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए अरु सबै बेपत्ता भएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology