गण्डकी प्रदेशस्तरीय पुरुष खो खोमा नवलपुर प्रथम

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार १२ गते ८:३७
गण्डकी प्रदेशस्तरीय पुरुष खो खोमा नवलपुर प्रथम
khokho 780x470 1

कावासोती । गण्डकी प्रदेश स्तरीय पुरुष खो खोमा नवलपुर प्रथम भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश खो खो संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा नवलपुर बिजयी भएको हो ।

दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा घरेलु टोली कास्की दोस्रो भएको छ भने गोरखा तेस्रो बन्न सफल भएको सुरज पोखरेलले जानकारी दिएका छन् ।

प्रतियोगिताका बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रम गण्डकी प्रदेश खो खो संघका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

प्रतियोगितामा विभिन्न पाँच जिल्लाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : २०८१ असार १२ गते ८:३७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI