हामी सत्तामा छौँ तर पकड छैन : रास्वपा उपसभापति वाग्ले

NAWALPUR TIMES

हामी सत्तामा छौँ तर पकड छैन : रास्वपा उपसभापति वाग्ले
thumb

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सरकारमा रहे पनि आफूहरूसँग सत्ताको पकड बताएका छन् । रास्वपा सरकारमा रहे पनि आफूहरूसँग सत्ताको पकड नभएकाले जनअपेक्षाअनुसार कामगर्न नसकोको उनको भनाइ छ। ‘संविधानको भावनाअनुसार चौथो दलको हिसाबले हामी सत्तामा छौँ तर हामीसँग सत्ताको पकड छैन,’ उनले भने, ,नेपालको अहिलेको चुनौती सुशासन कायम गरेर आर्थिक विकासको फड्को मार्ने हो ।’

आइतबार रास्वपा गैंडाकोट नगर समितिले आयोजना गरेको अन्तरक्रियामा उपसभापति वाग्लेले सुशासन नभएका कारण देशले आर्थिक फड्को मार्न नसकेको नसकेको बताए ।

सुशासनबिना आर्थिक समृद्धिको आधार तय नहुने उनले बताए । सबै सरकारी कार्यालयबाट हुने सरकारी सेवामा डिजिटल सेवा सुरु गरेर सुशासनमा फड्को मार्न सकिने उनले सुनाए । राजश्वको दर घटाउने र दायरा फराकिलो पारेर राजश्व सजिलै बढाउन सकिने आफनो अनुभव रहेको उनले सुनाए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology