मोटरसाइकल दुर्घटनामा घाईतेको उपचारको क्रममा मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २० गते १०:०४
मोटरसाइकल दुर्घटनामा घाईतेको उपचारको क्रममा मृत्यु
1607317403.bike accident

कावासोती । गएको १६ गते हुप्सेकोटमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।

हुप्सेकोट गाउँपालिका १ जुगेपानीमा ग प्र.०४ –००१ प ७७२८ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाई सडक छेउको बिजुलीको पोलमा ठोक्किन जाँदा घाइते जुगेपानीका ३८ वर्षीय दीपक रानाको उपचारको क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जुगेपानीबाट हसौरातर्फ जाने क्रममा भएको उक्त दुर्घटनामा परि घाइते रानाको आज बिहान भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित : २०८१ जेठ २० गते १०:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI