आजबाट रास्वपाको प्रथम अधिवेशनको प्रक्रिया सुरु, वडा अधिवेशनका लागि खटाइए प्रतिनिधि

NAWALPUR TIMES

आजबाट रास्वपाको प्रथम अधिवेशनको प्रक्रिया सुरु, वडा अधिवेशनका लागि खटाइए प्रतिनिधि
rabi lamichane

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशन अन्तर्गत वडा स्तरको अधिवेशनको प्रक्रिया आजबाट सुरु गरेको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मङ्सिर २८ गते सात प्रदेका वडा अधिवेशनबाट प्रथम महाधिवेशनको प्रक्रिया सुरु भएको हो।

उनका अनुसार रास्वपाले आज सात वटै प्रदेशमा वडा अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया सुरु गर्न लागेको हो।

रास्वपा केन्द्रीय समितिको गत मङ्सिर ११,१२ र १३ गते महोत्तरी बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र साङ्गठनिक संरचना पारित गरेको थियो। त्यही अनुसार रास्वपाले सातै प्रदेशमा वडा अधिवेशन गर्न लागेको हो।

वडा अधिवेशन सम्पन्न गर्न रास्वपाले आफ्नो प्रतिनिधिहरू खटाइसकेको छ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलाई गण्डकी प्रदेशमा खटाइएको छ। कोशीमा केन्द्रीय सदस्य विजय जैरुलाई खटाएको छ। पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठलाई मधेस प्रदेशमा खटाइएको छ।

महामन्त्री मुकुल ढकाललाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology