काङ्ग्रेस सुधार्न गुटबन्दी अन्त्य गरेर सङ्गठन निर्माणमा जुटौं : युवा नेता थापा

NAWALPUR TIMES

काङ्ग्रेस सुधार्न गुटबन्दी अन्त्य गरेर सङ्गठन निर्माणमा जुटौं  : युवा नेता थापा
Screenshot 20230925 114337 Messenger

८ असोज, तनहुँ । नेपाली काङ्ग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि चाम थापाले काङ्ग्रेस पार्टी बलियो बनाउन गुठबन्दी गर्न नहुने बताएका छन् । पछिल्लो समय नेताहरुले छुट्टाछुट्टै गुट उपगुठ बनाउने प्रवृत्ति  मौलाउदै गएकाले काङ्ग्रेसले ठुलो क्षती ब्यहोर्नु परेको भन्दै उनले चिन्ता व्यक्त गरे ।  काङ्ग्रेस सुधार्न गुठ उपगुठको अन्त्य हुनुपर्नेमा थापाको जोड थियो ।

नेपाल तरुण दल शुक्लागण्डकी नगरपालिका २ ले कोत्रेमा आयोजना गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले सङ्गठन निर्माणमा भातृ सङ्गठन नेपाल विद्यार्थी संघ र तरुण दलले पनि सक्रियता बढाउनुपर्ने बताए । उनले भने, अब सङ्गठन बलियो बनाउनुपर्छ । अग्रजहरुले गरेको योगदानलाई पनि हामीले सम्मान गरेर अघि बढ्नुपर्ने हुन्छ । एकले अर्कोलाई गाली गर्ने कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गर्नु हुदैन । यदि त्यस्तो भयो भने बिद्रोह हुने र सङ्गठनलाई धक्का पर्ने हुँदा सबै एकजुट भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ, उनले भने ।

नेता थापाले केन्द्रिय नेताहरुले गाउँमा सङ्गठन गर्ने कार्यकर्ताको मर्म नबुझ्दा सङ्गठन साघुंरिदै गएको प्रती चिन्ता प्रकट गरेका थिए ।”केन्द्रिय नेताले गाउँ बुझेका छैनन,गाउँका जनताको भावना बुझेका छैनन ,सङ्गठन गर्नेको मर्म बुझेका छैनन । त्यसले पनि समस्या उत्पन्न भएको छ ” ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology