प्राकृतिक प्रकोपका सम्भावित घटना प्रति सचेत हुन जरुरी : सांसद कार्की

NAWALPUR TIMES

प्राकृतिक प्रकोपका सम्भावित घटना प्रति सचेत हुन जरुरी : सांसद कार्की
received 106526718989686

यामु कुमाल

कावासोती । नवलपुुरमा हुने सम्भावित प्राकृतिक प्रकोपका घटनाका लागि पूर्व सचेत हुनु पर्ने सांसद विष्णु कुमार कार्कीले बताएका छन ।

जिल्लाको नमुना सदरमुकाम निर्माणको पाँचौ बैठकलाई सम्बोधन गर्दै  नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीले सो कुरा बताएका हुन । उनले जिल्लाको नमुना सदरमुकाम कावासोतीको अभियानलाई अगाडि बढाईरहदा बर्षाको समयमा प्राकृतिक प्रकोपबाट निम्तिन सक्ने क्षतिलाई पनि ध्यान दिनुपर्ने बताएका थिए । जलवायु परिवर्तनका कारण योे वर्ष बर्षा नभएका कारण  अब वर्षा हुदाँ कावासोतिका धेरै भाग जोखिममा पर्ने भन्दै यसको लागि पहिले नै सचेत हुन कर्मचारीलाई निर्देशन दिएका हुन ।

कावासोतिमा बलौटे माटो भएको र केरुङ्गे खोलाले धार परिवर्तन गर्दै जाँदा सदरमुकाम जोखिममा पर्ने अवस्था सृजना हुन सक्ने भन्दै नमुना सदरमुकामको  निर्माण सङ्गै जोखिम न्यूनीकरणमा जोडिनु पर्नेमा कार्किको जोड थियो । कार्किले नमुना सदरमुकामको जग्गा देखेर भु माफियाहरु सलबलाउन सक्ने तर्फ ईंंकित गर्दै जग्गालाई बाउन्ड्री गर्नुपर्ने राय ब्यक्त गरेका थिए ।

नमुना सदरमुकाम निर्माण गर्ने क्रममा आज भन्दा २० वर्ष अगाडि बनेका विभिन्न जातजातिसंग सम्वन्धित धार्मिक सम्पदालाई हटाउन तथा भत्काउन नदिने प्रतिबद्धता ब्यक्त गरेका उनले नमुना सदरमुकाम निर्माणको महाअभियानमा जोडिन सबै राजनैतिक दललाई अपिल गरेका थिए ।

जिल्लाको कावासोती नगरपालिकाको सभाहलमा शुक्रबार नमुना सदरमुकामको स्विकृत गुरुयोजना तथा अनुगमन समितिको पाँचौ बैठकमा तिन वटा एजेण्डाहरु प्रस्तुत भएका थिए । गुरुयोजना अद्यावधिक गर्ने, भवन निर्माण सुरु गर्ने र सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने सम्वन्धमा एजेण्डा उठेको थियो ।

बैठकमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहा,गण्डकी प्रदेशका निवर्तमान मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली,निवर्तमान सांसद तिलक महत लगाएत नवलपुरका विभिन्न सरकारी कार्यालयका प्रमुख , विभिन्न राजनैतिक दलका पदाधिकारीको उपस्थिति रहेको थियो । बैठक शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology