भारतलाई हराउदै नेपाल फाईनल प्रवेश

NAWALPUR TIMES

भारतलाई हराउदै नेपाल फाईनल प्रवेश
FB IMG 16757326677661675733955

कावासोती । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भारतबिरुद्धको खेलमा शानदार जित निकालेको छ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा भारतलाई ३–१ गोलको अन्तरले पराजित गरेको हो।

नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरेकी छिन्। पहिलो हाफको एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई नेपालले हराएको हो।

खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याईन्।

यस्तै खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाईन्। साथै खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाईन्।हराएको हो। खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याईन्।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाईन्। साथै खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाईन्।

नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यस जित सँगै नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ भने फाइनलकाे तय गरेकाे छ।  नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो।

भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो। हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ। भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ।

राउण्ड रोबिनको अन्तिम खेलमा भुटान र बंगलादेश खेल्नेछन्।  बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।  भुटान दुई खेलमा अंक विहीन रहदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेको छ। राउण्ड रोबिनको अन्तिम खेल आजै ७ बजे भुटान र बंगलादेशविरुद्ध हुदै छ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो। सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology