नवौं राष्ट्रिय खेलकुद : सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २९ गते १०:५१
नवौं राष्ट्रिय खेलकुद : सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी
IMG 20221015 103800 scaled

कावासोती – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पूर्वी नवलपरासीमा सुरु भएको सेपाकताक्रोमा नेपाली सेनाले विजयी सुरुवात गरेको छ ।

नेपाली र सेना प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २ ० को सेटमा हराएको हो । सेनाले पहिलो सेट २१ १२ र दोसा्रे सेटमा २१ १७ प्रदेश एकलाई हराएको हो ।

सेपाकताक्रो खेलमा महिला र पुरुष तर्फ ९८ जना खेलाडीले भाग लिनेछन् । महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका टिमले भाग लिएका छन ।

 

प्रकाशित : २०७९ असोज २९ गते १०:५१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI