लोकाहामा बस दुर्घटनाहुँदा २ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज १८ गते १२:३३
लोकाहामा बस दुर्घटनाहुँदा २ जना घाईते
1664855477349

कावासोती । नवलपुरको कावासोती-११ लोकाहामा यात्रु बाहक वर्ष दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसमा रहेका ७ जना मध्य दुई जना घाइते भएका छ्न । घाइते हुनेमा काठमाण्डौं नागार्जुनका रिपा खनाल र पश्चिम नवलपरासी सुनवलका विन्दु अधिकारी रहेका छन् ।

घाइते दुवै जनाको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असोज १८ गते १२:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI