माओबादी केन्द्र नवलपुरले गर्याे प्रचण्ड सहित ४४ जना काे उम्मेदवारी सिफारीस

NAWALPUR TIMES

माओबादी केन्द्र नवलपुरले गर्याे प्रचण्ड सहित ४४ जना काे उम्मेदवारी सिफारीस
prachanda MszQ6IBheb

दीपक भट्टराई
नवलपुर २० भदौं । नेकपा माओबादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ ।
नवलपुरकाे देबचुलीमा आईतबार बसेकाे जिल्ला कमिटिकाे बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र समानुपातिक उम्मेद्वार गरि ४४ जनाकाे नाम सिफारिस गरेकाे हाे ।
नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकाेटाले बताए ।

माओबादी केन्द्र का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धन प्रसाद सापकाेटाका अनुशार नवलपुर क्षेत्र नम्बर एक काे प्रतिनिधि सभामा प्रचण्ड सहित ५ जनाकाे उम्मेदवार सिफारिस गरेकाे छ जसमा पुस्पकमल दाहाल प्रचण्ड , ठाकुर चापागाईं, ईन्द्र भुसाल , षडानन्द सापकाेटा र पार्बति आचार्य काे नाम सिफारीस गरिएकाे सापकाेटाले बताए ।

यसै गरि नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा क काे प्रत्यक्ष उम्देवारमा मित्र शरण शर्मा , धन प्रसाद सापकाेटा , सुर्य न्याैपाने ,बलराम चालिसे , र अम्बिका सापकाेटाकाे नाम सिफारीस गरेकाे छ ।भने प्रदेश ख मा लाेक प्रसाद भुर्तेल भिषण ,हुकुम सुवेदी , प्रेमा खनाल ,पुर्णकला भुसाल र दुर्गा भुसाल लाई उम्मेदवारी सिफारीस भएकाे सापकाेटाले बताए ।

केन्द्र ले नवलपुर २ प्रतिनिधिसभा काे प्रत्यक्ष उम्मेदवारी मा बालकृण्ण गैरे , डासीराम बस्याल , प्रेम बस्नेत , सरला खनाल र दुर्गा रसाईलीलाई सिफारीस गरेकाेछ । भने प्रदेशसभा क प्रत्यक्ष उम्मेदवारमा चेतनाथ पाेख्रेल , चन्द्र बहादुर थापा ,रामराज पन्डित ,साैगम कुमार श्रीपाली , हेमकुमारी सुनार लाई सिफारिस गरेकाे हाे । यसै गरि प्रदेश सभा ख काे प्रत्यक्ष उम्मेदवारमा तारा प्रसाद भुसाल ,कृण्ण प्रसाद पाण्डे , हरी पाण्डे , ओमकान्त अधिकारी अनन्त, रूकमाया पुन मगरलाई सिफारीस गरेकाे छ ।

केन्द्रले समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, धर्मकेसी ,कृण्ण प्रसाद शर्मा ,नेत्र सुनार ,टिकाराम घर्ती ,टंक पुलामी ,कृण्ण प्रसाद भट्टराई , शुस्मा खनाल , लक्षमी खाड , दमयन्ती रूचाल ,ईश्वरी महत्त्व , देबी अधिकारी ,रमिला भुजेल,लाई सिफारिस गरिएकाे अध्यक्ष सापकाेटा ले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology