नारायणीको भेलले बगाउँदा भाले गैंडाको मृत्यु

NAWALPUR TIMES

नारायणीको भेलले बगाउँदा  भाले गैंडाको मृत्यु
Rhino death

नवलपुर ।  नारायणी नदीले बगाँउदा २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ ।

भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडिएको छ ।

मृत गैंडाको खाग र खुर भने सुरक्षित छन् । गैंडा मरेको विषयमा निकुञ्जले सार्वजनिक जानकारी भने गराएको छैन ।-फाईल तस्विर

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology