म्यादी प्रहरी मृत फेला

NAWALPUR TIMES

म्यादी प्रहरी मृत फेला
1588062883dead body child

सिमकोट- हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका-६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए ।

उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल-ढोका बन्द रहेकोर उनी भूइँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology