नवलपुर । स्थानीय तहको आगामी चुनावका लागि सोमबार रातको एघार ११ बजेसम्म नवलपुरमा १ हजार ३ सय ६० जनाको उमेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार रातको एघार बजेसम्म प्रमुख पदमा ३४ जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २४ जनाको उमेदवारी परेको छ ।
त्यसैगरी उपप्रमुख पदमा २३ जनाको उमेदवारी परेको छ भने उपाध्यक्षमा १९ जनाको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी वडाध्यक्ष पदका लागि ३सय १७, महिला सदस्यमा २ सय २१, दलित महिला सदस्यमा २ सय र सदस्यमा ५ सय २२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो ।
नवलपुरको आठ वटा स्थानीय तहमा जम्मा ४ सय ७६ जना निर्वाचित हुनेछन् ।
प्रकाशित : २०७९ वैशाख १२ गते २३:३८
Facebook Comment