स्थानीय निर्वाचन : नवलपुरमा रातको एघार बजे सम्म १ हजार ३ सय ६० जनाको उमेदवारी दर्ता

NAWALPUR TIMES

स्थानीय निर्वाचन :  नवलपुरमा रातको एघार बजे सम्म १ हजार ३ सय ६० जनाको उमेदवारी दर्ता
local election

नवलपुर । स्थानीय तहको आगामी चुनावका लागि सोमबार रातको एघार ११ बजेसम्म नवलपुरमा १ हजार ३ सय ६० जनाको उमेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार रातको एघार बजेसम्म प्रमुख पदमा ३४ जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २४ जनाको उमेदवारी परेको छ ।

त्यसैगरी उपप्रमुख पदमा २३ जनाको उमेदवारी परेको छ भने उपाध्यक्षमा १९ जनाको मनोनयन दर्ता भएको छ ।

त्यसैगरी वडाध्यक्ष पदका लागि ३सय १७, महिला सदस्यमा २ सय २१, दलित महिला सदस्यमा २ सय र सदस्यमा ५ सय २२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो ।

नवलपुरको आठ वटा स्थानीय तहमा जम्मा ४ सय ७६ जना निर्वाचित हुनेछन् ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology