मध्यविन्दुको नगरप्रमुखमा एमालेबाट अधिकारी सर्वसम्मत सिफारिस

NAWALPUR TIMES

मध्यविन्दुको नगरप्रमुखमा एमालेबाट अधिकारी सर्वसम्मत सिफारिस
1650681149329

नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेबाट भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ ।
मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदमा भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताए । नेकपा एमाले नवलपुरले मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदमा अधिकारीको एकल नाम गण्डकी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदका अन्य आकांक्षीहरुको सहमतिमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको हो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology