जनक मावि प्रकरण : आरोपित शिक्षक विरुद्ध पिडित छात्राद्वारा प्रहरीमा उजुरी

NAWALPUR TIMES

जनक मावि प्रकरण : आरोपित शिक्षक विरुद्ध पिडित छात्राद्वारा प्रहरीमा उजुरी
IMG 20220417 142503

नवलपुर । नवलपुरको गैडांकोट स्थित जनक नमूना माविका शिक्षक विरुद्ध पिडित भनिएकी १७ वर्षीय छात्राले नवलपुर प्रहरीमा उजुरी दिएकी छिन ।

पिडित भनिएकी छात्रा आफै जिल्ला प्रहरी कार्यालय नवलपुरमा उपस्थित भएर शिक्षक विरुद्ध उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिएका छन ।

आरोपित शिक्षक कपिल घिमिरेका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर गरेको भन्दै पिडित छात्राको तर्फबाट उजुरी परेको सूचना अधिकारी पाठकले बताए । आरोपित शिक्षक विरुद्ध जाहेरी परेको र जिल्ला अदालतबाट सोमबारनै सात दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको पाठकले बताए ।

आईतबार विद्यालयमा पढाउने शिक्षक घिमिरले १७ वर्षीय विद्यार्थीलाई अश्लिल भिडियो देखाएर दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा गरेको प्रदर्शन चर्किदै गए पछि प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो भने आरोपित शिक्षक घिमिरेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।

स्थितिलाई नियन्त्रमा लिन प्रहरीले ६० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनका क्रममा विद्यालयका प्रधानाध्यापक र घटनाका आरोपित शिक्षकको मोटरसाईकलमा आगजनी, विद्यालयको विज्ञान प्रयोगशाला, कम्युटर प्रयोगशाला, विद्यालयका डेस्क बेन्च, पंखा, गमला, कुर्सी टेबल, शौचालय , खानेपानीका धाराहरुमा तोडफोड हुदाँ ठूलो क्षती पुगेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology