गैँडाकोटमा एमाले र माओवादी परित्याग गरि २२० जना काँग्रेस प्रवेश

NAWALPUR TIMES

गैँडाकोटमा एमाले र माओवादी परित्याग गरि २२० जना काँग्रेस प्रवेश
gkt

नवलपुर । नवलपुरको गैँडाकोटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गर्दै २२० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ पिपलटारमा आज विहान नेपाली काँग्रेस वडा समितिले आयोजना गरेको शुभकामना आदनप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा १५० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।कार्यक्रममा पार्टी प्रवेश गरेका सबैलाई नेपाली काँग्रेसको सदस्यता समेत वितरण गरिएको थियो ।स्थाानीय युवा राजकुमार परियारकाे नेतृत्वमा पिपलटार क्षेत्रका सबैजना काँग्रसेमा प्रवेश गरेकाे नेपाली काँग्रेसले जनाएकाे छ ।

नेपाली काँग्रेस गैँडाकोट वडा नं. १ का सभापति ठाकुरप्रसाद सापकोटाको अध्यक्षता तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभापति गोपाल प्रसाद सापकोटा, काँग्रेसका नगर सचिव गोविन्द घिमिरे, गैँडाकोट वडा नं. १ का अध्यक्ष हरिप्रसाद सापकोटा, काँग्रेसका नेताहरु मोतीचन्द्र चालिसे, सुरेन्द्र रेग्मी, शिवराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुुख अतिथि काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले जनताको सुख दुखमा नेपाली काँग्रेसले साथ दिदै आएको बताउनुभयो । उहाँले आगामी स्थानीय तहको चुनावमा नेपाली काँग्रेसका उमेदवारलाई विजयी गराउन आह्वान गर्दै स्थानीयहरुका समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology