कांग्रेसले सच्यायो उम्मेदवारको मापदण्ड : क्रियाशिलको बन्देज हटाईयो, माथिल्लो पद र राजनीतिक नियुक्ति पाएका पनि उम्मेदवार हुन पाउने

NAWALPUR TIMES

कांग्रेसले सच्यायो उम्मेदवारको मापदण्ड : क्रियाशिलको बन्देज हटाईयो, माथिल्लो पद र राजनीतिक नियुक्ति पाएका पनि उम्मेदवार हुन पाउने
1626355011nepali congress flag tree 1

कावासोती । नेपाली कांग्रेस नवलपुरले मातहतका समितिहरुलाई यस अघि उम्मेदवार छनौटका लागी पठाएको मापदण्ड परिमार्जन गरेको छ ।

यस अघि चैत्र १९ गते कांग्रेसले मातहतका समितिलाई गरेको परिपत्रमा रहेको माथिल्लो पदमा रहेर काम गरेका, राजनीतिक नियुक्ति पाएका हरुको हकमा तल्लो तहमा सिफारीस नगर्ने, सिफारिस गर्दा समावेशितालाई ध्यान दिने तथा वडा सदस्यका लागी क्रियाशिल सदस्य लिएका, वडा अध्यक्ष लागी क्रियाशिल सदस्यता लिएको ५ वर्ष, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको हकमा क्रियाशिल सदस्यता लिएको १० वर्ष पुगेकालाई मात्रै सिफारिस गर्ने भनिएको बुदाँहरु हटाईएको कांग्रेस नवलपुरले जनाएको छ ।

बुधबार अघिल्लो परिपत्रमा रहेको बुदाँ नं ७ र १३ हटाईएको र अन्य बुदाँ यथावत रहने भन्दै जिल्ला सभापति महेन्द्रध्वज जिसीद्वारा हस्ताक्षरित अर्को परिपत्र पठाईएको कांग्रेस नवलपुरले जनाएको छ ।

नयाँ पठाईएको परिपत्र अनुसार अब कांग्रेसमा माथिल्लो पदमा रहेर काम गरेका, राजनीतिक नियुक्ति पाएका हरुले उम्मेदवारी दिन पाउने तथा उम्मेदवार हुन क्रियाशिलताको बन्देज नलाग्ने भएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology