राजु चापागाईं “राज”/कावासोती ।
नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले स्थानिय आवश्यकताका आधारमा कांग्रेस बाहेकका साना दल सँग चुनावी तालमेल हुन सक्ने बताएका छन ।
“सम्भावित पालिका पालिकाले छलफल गरेर केही ठाउँमा तालमेल गर्न सक्ने सम्भावना पनि छ,” पाण्डेले नवलपुर टाईम्स सँग भने । “हामीले पालिकालाई पालिका स्तरीय वार्ता समिति गठन गरेर पनि त्यो अख्तियारी प्रदान गरेका छौ,” उनले भने
गठवन्धन नगरी आवश्यक भएका ठाउँमा तालमेलको रुपमा जान सकिने भन्दै पाण्डेले विगतमा यस्ता तालमेलले कतै फाईदा त कतै घाटा भएकाले यस्को निर्णय सम्बन्धित पालिकाले गर्न सक्ने बताए ।
कुन पार्टी सँग तालमेल हुन्छ त्यो नबताएका पाण्डेले कांग्रेस बाहेकका साना दल सँग तालमेल हुन सकने बताए । “केही साना दल सँग औपचारिक अनौपचारिक छलफल चलेको छ, निष्कर्षमा पुग्न बाकी नै छ,” पाण्डेले भने ।
Facebook Comment