नवलपुरमा जम्मा मतदाता २ लाख ५४ हजार ६ सय १५ जना (कुन पालिकामा कति तथ्यांक सहित)

NAWALPUR TIMES

नवलपुरमा जम्मा मतदाता २ लाख ५४ हजार ६ सय १५ जना (कुन पालिकामा कति तथ्यांक सहित)
local election SoSYi36EtA

नवलपुर । निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।

आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार नवलपुरको मतदाताको सङ्ख्या दुई लाख ५४ हजार छ सय १५ जना रहेको छ । यसमा १ लाख २१ हजार ३८ जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या १ लाख ३३ हजार पाँच सय ७३ जना रहेको छ । त्यस्तै अन्यमा ४ जना मतदाता छन् ।

सबैभन्दा धेरै मतदाता कावासोतीमा ५५ हजार तीन सय ३० जना छन् भने सबैभन्दा कम बौदिकालीमा ११ हजार ४ सय ९७ मतदाता रहेको आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका  लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार नवलपुरमा १ सय १३ मतदानस्थल रहने छन् भने २ सय ९९ मतदान केन्द्र रहेका छन् ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology