नवलपुर । तत्काल भुमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेर नवलपुरको सुकुम्बासी समस्या समाधान गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छ्न ।
बुधबार देवचुली नगरपालिका वडा नं ४ र ५ मा रहेको सुकुम्बासी समस्या समाधान गराउनका लागि देवचुली नगर प्रमुख,उपप्रमुख लगाएत प्रतिनिधिहरुको टोलि सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर कोइरालाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
कोइराला सहितको टोलिले ध्यानाकर्षण गराए पछि प्रधानमन्त्रीले तत्काल नवलपुरमा आयोग गठन गरेर काम अगाडि बढाउन आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका कोइरालाका स्वकीय सचिब भरत तिवारीले बताए ।
गत चैत ६ गते देवचुली नगरपालिका वडा नं ४ र ५ का सुकुम्बासीहरुले सुकुम्बासी समस्या समाधानको माग गर्दै नगरपालिकाको कार्यालय घेराउ गरे पछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएर समाधानको पहल गर्ने सहमति भए अनुरुप देवचुलीका नगरप्रमुख पुर्णकुमार श्रेष्ठ र उपप्रमुख पार्वता तिवारी , देवचुली नगरपालिका वडा नं ४ र ५ मा गठित सुकुम्बासी संघर्ष समितिका संयोजक गणेश गुरुङ सहित सुकुम्बासी प्रतिनिधि सहितको टोलिले नवलपुर क्षेत्र नं १ का सांसद समेत रहेका कांग्रेस नेता डा. शशांक कोईराला र कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी सहित राजधानी काठमाडौ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय भुमी आयोगको ध्यानाकर्षण गराएका हुन ।
प्रकाशित : २०७८ चैत ९ गते १७:५९
Facebook Comment